नियम ७
नक्सा तथा तथ्याङ्क उपलब्ध गराउने
(१) प्रदेश सरकारबाट आफ्नो प्रदेशभित्र पर्ने सम्पूर्ण स्थानीय तहको नक्सा तथा तथ्याङ्क उपलब्ध गराउन माग भई आएमा विभागले त्यस्तो प्रदेशको भूउपयोग नक्सा तथा तथ्याङ्क उपलव्ध गराउनु पर्नेछ।
(२) नेपाल सरकारको कुनै मन्त्रालय वा मातहतको निकाय वा स्थानीय तहबाट उद्देश्य र प्रयोजन खुलाई भूउपयोग नक्सा वा सो सम्बन्धी विवरण माग भई आएमा विभागले त्यस्तो नक्सा वा सो सम्बन्धी विवरण उपलव्ध गराउनु पर्नेछ।